सुन्दरनगर । रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी प्रथम सुर्यमुखी कपतर्फ नवदिप युवा क्लब, रानीगंज युवा क्लब ए र जागृति तथा सक्रिय युवा समूह दोस्रो चरणमा प्रवेश गरेका छन् ।
कञ्चन गाउँपालिका–१ स्थित सुन्दरनगर खेलमैदानमा सम्पन्न पहिलो खेलमा नवदिपले आयोजक सुर्यमुखी युवा क्लब (सेतो) लाई १–० ले पराजित गर्यो । खेलमा नवदिपका राजेश परियार म्यान अफ दि म्याच चुनिए ।
दोस्रो खेलमा रानीगंज (ए) ले पानबारी ब्वाईजलाई ६–० को फराकिलो अन्तरले हरायो । खेलमा रानीगंज (ए) का ह्याट्रिककर्ता बिजन सुर्यवंशी म्यान अफ दि म्याच बने ।
त्यस्तै तेस्रो खेलमा जागृतिले ले रानीगंज युवा क्लब (बी) लाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा जागृति ले ३–२ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।