काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु–२० महिला एसियन कप छनौट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीको फाइनल सार्वजनिक गरेको छ ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङ कै नेतृत्वमा रहेको नेपाली टोलीको फाइनल स्क्वाडमा अधिकांश केही साता अघि सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिप खेलेका खेलाडीहरु नै परेका छन् ।
स्मरण रहोस, एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले डिफेन्डिङ च्याम्पियन उत्तर कोरियासँगै आयोजक भुटान र साउदी अरेयिबासँग खेल्ने कार्यक्रम रहेको छ । छनौट प्रतियोगिता आउँदो अगस्त ६ देखि ११ तारीखसम्म भुटानमा हुँदैछ ।
नेपाली यु–२० महिला फुटबल टोलीको फायनल स्क्वाडः
गोलकिपर्सः लिला जोशी, करुन बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर्सः सरीता कुमारी नाथ, माया मास्के, सेमिहाङमा लिम्बु, सिमरन राई, सजिना स्याङ्तन, गंगा रोकाया, अनिषा राई, सीता रोकाया
मिडफिल्डर्सः कबिता गुरुङ, सुशिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फरवार्डसः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, बर्षा ओली, पुर्णिमा राई, मिना देउवा, समिक्षा मगर