News
भारत खेल्न जाने एपिएफको विदाई
काठमाडौं । यही मिति २०८२-०४-१४ गते देखि ऐ. ३० गतेसम्म मित्र राष्ट्र भारतको कालिपोङ जिल्लामा संचालन हुने independence shield Football Tournment -2025 मा सहभागी हुन जान लाग्नु भएका नेपाल एपीएफ क्लबको पुरुष फुटबल टिमलाइ नेपाल एपीएफ क्लबका अध्यक्ष सप्रबउ कमल प्रसाद तिउसिनाले प्रतियोगिता सफलताको शुभकामना सहित बिदाइ गरेका छन् ।
भारतको स्वतन्त्रता दिवसको अवसर पारी कालिम्पोङ स्पोर्टस एसोसिएशनको आयोजनामा यही जुलाई ३० देखि १५ अगस्तसम्म हुने प्रतियोगितामा एपिएफले खेल्ने तय भएको हो ।
प्रतियोगितामा सोझै बाई पाएर क्वाटरफाइनलमा पुगेको एपिएफले ७ अगस्त ९२२ साउन गते० का दिन खेल्ने कार्यक्रम छ । स्मरण रहोस, नेपाल कै सुपर लिग क्लब पोखरा थन्डर्सले पनि सिक्किमको गाङतोकमा अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता खेल्ने तय भईसकेको छ ।
Post Comments