News
युथ लिगमा मच्छिन्द्र, जावलाखेल र संकटाको जित
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब र संकटा फुटबल क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–२ को अन्तरले हरायो । यो जितपछि १० खेलबाट २३ अंक जोडेको मच्छिन्द्र शिर्ष तीन कै होडमा छ । पराजित शेर्पाको खातामा भने १४ अंक छ र शिर्ष दशभित्रै छ ।
अर्को खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबमाथि ७–० को एकतर्फी जित हात पार्यो । यो जितपछि १० खेलबाट १३ अंक जोडेको जावलाखेल लिगतालिको नवौं स्थानमा छ । पराजित सातदोबाटो भने अझै अंकविहीन छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा संकटाले श्री भगवती क्लबलाई २–० को अन्तरले पराजित गर्यो । यो जितपछि ११ खेलबाट २२ अंक जोडेको संकटा चौथो स्थानमा उक्लेको छ । पराजित भगवती भने १० अंकका साथ दशौं स्थानमा छ ।
Post Comments
Related News