News
एन्फा युथ लिग: एपिएफको तीन गोल, तीन अंक
काठमाडौं । जारी एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली एपिएफ फुटबल क्लबले सोमबार पहिलो खेलमा उत्कृष्ट जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा एपिएफले प्लानिङ ब्वाईज युनाइटेडलाई ३-० को अन्तरले पराजित गर्यो । एपिएफको जितमा आदर्श मेचेले दुई गोल गर्दा थप एक गोल बिपिन छन्त्यालले गरे ।
यो जितपछी ११ खेलमा १९ अंक जोडेको एपिएफ लिगतालिकाको छैठौं स्थानमा छ । पराजित प्लानिङ ब्वाईज भने ६ अंकका साथ १३औं स्थानमा संघर्षरत छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा