काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार फरवार्ड अन्जन बिष्टले हाल भारतमा जारी प्रतिष्ठित डुरान्ड कपमा नयाँ क्लबका खेलेका छन ।
नेपालको घरेलु फुटबल अहिले शून्य जस्तै रहेको बेला अन्जन भने डुरान्ड कपमा चर्चित आई लिग क्लब रियल कास्मिर एफसीका लागि मैदानमा उत्रिएका हुन ।
डुरान्ड कपतर्फ समूह एफमा रहेको रियल काश्मिरले सोमबार समूह चरणको दोस्रो खेल खेल्दा अन्जनले काश्मिरका लागि पहिलो रोजाई मै उत्रिएर खेले ।
ट्राउ एफसी विरुद्धको सो खेलमा रियल काश्मिर २-१ ले विजयी समेत बन्यो । काश्मिरले आफ्नो अन्तिम तथा निर्णायक खेलमा १० अगस्तका दिन नेरोकासँग खेल्नेछ ।
काश्मिरले अन्जनलाई डुरान्ड कप कै लागि मात्र अनुवन्ध गरेको हो वा नयाँ सिजनका लागि पनि हो?, यसबारे भने खुलाईएको छैन ।
स्मरण रहोस, अन्जनले अन्तिमपटक सन २०२३/२४ को आई लिग सिजन मुम्बई केन्क्रे एफसीबाट खेलेका थिए ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल