News १०औं बुढानिलकण्ठ नगरकप असोज पहिलो सातादेखि
बिक्रम बानियाँ क्षेत्री

बुढानिलकण्ठ । बुढानिलकण्ठ युवा समाजको आयोजनामा हुन लागेको १०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता आगामी २०८२ साल असोज ४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता बुढानिलकण्ठ ५ स्थित बुढानिलकण्ठ स्कुलको खेलमैदानमा आयोजना हुनेछ।

प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका भित्र रहेका विभिन्न क्लब तथा टोलीहरूको सहभागिता रहने समाजले जनाएको छ। खेललाई सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्षले जानकारी दिएका छन्।

Post Comments