News
युबिए सोलुशन्सलाई कर्पोरेट फुटसलको उपाधी
काठ्माडौं । यहाँ सम्पन्न दुई दिने ग्रोवाईज कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी युबिए सोलुशन्स प्रालिले जितेको छ ।
काठमाडौंको नक्सल स्थित प्लेस बक्स फुटसल एरिनामा सम्पन्न फाइनलमा युबिएले फ्युज मेशिन्सलाई १-० को हराउँदै उपाधी जित्न सफल भएको हो । युबिएको जितमा शरद छुन्जुले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको युबिएले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता फ्युज मेशिन्सले ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक शरद छुन्जु बने । सर्वाधिक गोलकर्ता सबिन थापा बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी रजित मगराती घोषित भए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि