News
सगरमाथा फुटबल कप असोज पहिलो साता हुँदै
काठमाडौं । युवाहरुलाई कुलतमा लाग्नबाट जोगाउन, स्वस्थ्य जीवनशैली अपनाउन तथा युथ फुटबलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आउँदो असोज ६ देखि ८ गतेसम्म सगरमाथा फुटबल कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
सगरमाथा फुटबल एकेडेमी, काठमाडौंको आयोजना तथा जेबिपी लैनचौर युवा क्लब र सामुदायिक सेवा केन्द्र, १६। २६ र १७ को विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न