News
भोजपुर अन्तरविद्यालय यु-१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता सम्पन्न
भोजपुर । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा अन्तरविद्यालय यु-१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
छात्र तर्फ मुनामदन स्मृति विद्यालयले पब्लिक एकेडेमीलाई फाइनलमा हराउँदै उपाधि जित्यो। निर्धारित समयमा खेल २-२ गोलको बराबरीमा सकिएको थियो भने टाइब्रेकमार्फत मुनामदन विजयी बनेको हो ।
छात्रा तर्फ सिद्धकली माध्यमिक विद्यालयले बाल विकास माविलाई ३-० ले हराउँदै उपाधि हात पारेको हो ।
विजेता टिमले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्रमा सीमित भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुमतिमा आयोजित प्रतियोगितामा १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण कुमार सुवालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै विद्यालय, खेलाडी तथा समर्थकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा