पुनर्वास । यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो खेलमा जित हात पार्दै त्रिभुवन युवा क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवनले नवोदय युवा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै प्रिक्वाटरफाइनल यात्रा तय गरेको हो । त्यसअघि निर्धारित समयतर्फ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ त्रिभुवनका लागि ओम भुलले गोल गरेका थिए भने नवोदयका लागि सन्तोष पौडेलले गोल गरेका थिए । टाईब्रेकरमा भने त्रिभुवन ५–३ ले विजयी बन्यो ।
स्मरण रहोस, त्रिभुवन र नवोदय बीचको खेल मंगलबार नै खेलाईए तापनि खराब प्रकाश र प्राविधिक कारणवश बिचैमा रोक्नु परेको थियो । साथै सोही रोकिएको बाँकी खेल बुधबार खेलाइएको थियो ।
सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा