News गोरखामा अन्तरविद्यालय यु–१३ फुटबल लिग शुरु
गोलनेपाल

गोरखा । मोफसलको युथ फुटबलमा निरन्तर टेवा पुर्याउन प्रयासरत द ओसन क्लब, गोरखाको आयोजनामा नियमित सन्चालन हुदै आएको अन्तरविद्यालय लिग २०८२ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर गरेका थिए ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन यु–१३ छात्रतर्फ र छात्रातर्फ गरी समान २–२ खेलहश्र सम्पन्न भएका छन् । यु–१३ छात्र लिगतर्फ सरस्वती मावि.ले रत्नलक्ष्मी माविलाई १–० ले हराउँदै विजयी शुरुवात गर्यो । अर्को खेलमा नवज्योति माविले महालक्ष्मी माविलाई २–० को अन्तरले पराजित गर्यो ।

त्यस्तै छात्रातर्फ लक्ष्मी सामुदायिक शिक्षा सदनले रत्नलक्ष्मी माविलाई २–० को अन्तरले हराउँदै विजयी शुरुवात गर्दा अर्को खेलमा महालक्ष्मी माविले सरस्वती माविमाथि १–० को जित दर्ता गर्यो ।

गोरखा नगरपालिकाको विशेष सहयोगमा “मेयर युवा फुटबल विकास परियोजना“ अन्तर्गत शुरु भएको प्रतियोगितामा छात्रतर्फ यु–१३ उमेर समूह र छात्राहरुको ( कक्षा १०) सम्मको खेलाडीहरु सहभागी छन् ।

त्यस्तैप्रत्येक साताको शनिवार खेलहरु सन्चालन गर्ने गरि प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ । प्रतियोगितामा छात्र यु–१३ तर्फ ८ विधालय र छात्रातर्फ ५ विधालयको सहभागिता रहेको छ ।

यु–१३ विजेता टिमले ११औ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछ । दुुवै समुहका विजेता उपविजेता टिमलाई ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी विधालयलाई प्रत्येक खेलमा म्याच मनिको व्यवस्था गरिएको आयोजक द ओसन क्लबका सचिव सबन केसीले बताए ।

Post Comments