News स्व.पवन राई स्मृति तेस्रो भेट्रान्स कपः दल्केजोवन र रामधुनी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

झिलझिले । स्वर्गीय पवन राई स्मृति तेस्रो अन्तर प्रदेश नकआउट भेटेरान्स फुटबल प्रतियोगिताको चौथो दिनका दुबै खेल अत्यन्त रोमाञ्चक टाइ–ब्रेकरमा टुंगिएका छन्। आजका दुवै विजेता टोली दल्केजोवन भेटेरान्स क्लब (मोरङ) र रामधुनी भेटेरान्स क्लब (सुनसरी) प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

पहिलो खेलमा मोरङको दल्केजोवन भेटेरान्स क्लब (उर्लाबारी) र झापाको दमक–लखनपुर भेटेरान्स क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई १–१ को बराबरीमा रोकेका थिए।

रोमाञ्चक टाइ–ब्रेकरमा दल्केजोवनले ५–३ ले जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।  उत्कृष्ट प्रदर्शनका लागि दल्केजोवनका प्रितम भट्टराईलाई म्यान अफ द म्याच घोषित गरिएको छ।

दोस्रो खेलमा सुनसरीको रामधुनी भेटेरान्स क्लब र झापाको चारपाने युनाइटेड भेटेरान्स क्लबबीच गोलरहित बराबरी खेल भएको थियो।

निर्धारित समयको खेल ०–० ले सकिएपछि टाइ–ब्रेकरमा पुगेको थियो, जसमा रामधुनी भेटेरान्स क्लबले ४–३ ले जित दर्ता गर्दै सेमिफाइनलको यात्रा तय गर्यो।

Post Comments