News कञ्चनपुरः प्याराताललाई १५औं रनिङ चाँदी कपको उपाधि
गोलनेपाल

पुनर्वास । सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा सम्पन्न १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि प्याराताल युवा क्लबले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा प्यारतालले आयोजक सिद्धार्थ युवा क्लबलाई २–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । प्यारातालको जितमा विपिन थापा मगर र सुरज चौधरीले गोल गरे ।

विजेता बनेको प्यारातालले ६४ तोलको आकर्षक चाँदीको ट्रफीसहित नगद २ लाख २२ हजार हात पारेको छ भने उपविजेता सिद्धार्थले नगद १ लाख ११ हजारसहित ट्रफी, मेडलमा चित्त बुझाएको छ ।

त्यस्तै विधागततर्फ सबै विजेता टोली प्याराताल कै खेलाडीहरुको वर्चश्व रह्यो । प्रतियोगिता सर्वश्रेष्ठ खेलाडी एलएक्स राना मगर घोषित भए । अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक खुम देउवा बन्दा उत्कृष्ट डिफेन्डर बिजय सिंह ठकुरी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने विपिन थापा मगरले हात पारे ।

 

Post Comments