रामपुर । अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुर यहाँ जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ अभिषेक चर्चले हिमालयन शेर्पा फुटबल क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
रामपुर–७, किसानबारी स्थित प्रस्तावित ज्योतिपुञ्ज रंगशालामा भएको खेलमा अभिषेक चर्चका लागि बिक्की चौधरीले दुई गोल गर्दा थप एक गोल युवराज ढकालले गरे । उता पराजित शेर्पाका लागि भने विश्वास श्रेष्ठ र सुजन गुरुङले गोल फर्काएका थिए ।
खेलमा अभिषेक चर्चका बिक्की चौधरी म्यान अफ दि म्याच बन्दा रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याचको पुरस्कार अभिषेक चर्च कै सुजित बुढाथोकीले हात पारे ।
प्रतियोगिता अन्तर्गत असोज ३१ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह, रुपन्देही र सुर्यपुर फुटबल क्लब, चितवनबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।