News इतिहादको फराकिलो जितमा प्रितीको डेब्यु गोल
गोलनेपाल

काठमाडौं । जोर्डनको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी सफल मिडफिल्डर प्रिती राईले आफ्नो क्लब इतिहादका लागि लिगमा डेब्यु गोल गरेकी छिन् ।

लिग अन्तर्गत आफ्नो पाँचौं खेलमा इतिहादले अल–हुसेन स्र्पोटिङ क्लबलाई २४–० को फराकिलो अन्तरले हरायो । खेलमा प्रितीले क्लबका लागि सातौं मिनटमा गोल गर्दै क्लबका लागि आफ्नो गोलको खाता खोलेकी थिईन् ।

यो जितसँगै इतिहाद ५ खेलबाट १३ अंकसहित पहिलो लेगको खेल समाप्तीसम्म लिगतालिकाको शिर्ष स्थानमा छ । त्यस्तै ९ अंक जोडेको अम्मान एफसी दोस्रो स्थानमा रहँदा ७ अंकका साथ अर्थोडक्स क्लब तेस्रो स्थानमा छ ।

उता इतिहादसँग पराजित अल–हुसेन भने अंकविहीन रुपमा पुछारमा छ । जारी लिगमा कुल ६ टोलीहरु सहभागि छन् । लिग विजेताले अर्को सिजनको एएफसी महिला च्याम्पियन्स लिग खेल्नेछ ।

Post Comments