News ज्योतिपुञ्ज कपः चार गोल गर्दै अन्तिम चारमा देवदह ब्वाईज
गोलनेपाल

रामपुर । उत्कृष्ट जित हात पार्दै देवदह ब्वाईज, रुपन्देही पाल्पाली नगर यहाँ जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा देवदहले सुर्यपुर फुटबल क्लब, चितवनलाई ४–२ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

रामपुर–७, किसानबारी स्थित प्रस्तावित ज्योतिपुञ्ज रंगशालामा भएको खेलमा देवदहका लागि चारै गोल आशिष खत्रीले गरे । उता पराजित सुर्यपुरका लागि भने मोहित गुरुङ र रिचार्ड विलसनले गोल गरेका थिए ।

खेलमा देवदह ब्वाईजका आशिष खत्री प्लेयर अफ दि म्याच बन्दा देवदह ब्वाईज कै सुरज चौधरी रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १ गते शनिबारको पहिलो सेमिफाइनल खेल अभिषेक चर्च एफसी, नवलपुर र साविक विजेता युनाइटेड युथ क्लब, नवलपुरबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।

 

Post Comments