खाम्लु । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबल प्रतियोगिताको फाइनल खेल्ने दुइ टोलीको टुङगो लागेको छ ।
कार्तिक १२ गते हुने फाइनलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसाघु ताप्लेजुङ र साथिभाई सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङ बिच उपाधि भिडन्त हुनेछ ।
पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा जिरिखिम्ति युथ क्लब तेह्रथुमलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसॅाघु प्रतियोगिताको फाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी र पेनाल्टि सुट आउटमा पनि चार चार गोलको बराबरी भए पछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।
त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा साथिभाई सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङले गणेश चोक टिम पॅाचथरलाई १-० गोलले पराजित गर्दै फाइनलमा जनसेवा संगको भेट पक्का गरेको हो । साथिभाईको जितका लागि अनुप सेन्दाङले गरेको गोल नै निर्णाय गोल बन्यो ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई