आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता साथै महेन्द्र कन्दङवा स्मृति रनिङ कप महिला फुटबल प्रतियोगिता अन्तर्गत बुधबार चार पुरुष फुटबल खेल साथै खुल्ला महिला फुटबलतर्फ एक खेल सम्पन्न भएका छन।
पहिलो खेल झापा ब्रर्दस एफ सि र आठराई गाउँपालिकाबिच हुने तय भएतापनि झापा ब्रर्दस एफ सी तोकिएको समयमा खेलमैदानमा उपस्थित हुन नसक्दा वाकओभरको आधारमा आठराई गाउँपालिका स्वत बिजयी हुदै दोस्रो चरण प्रवेश गरेको छ।
दोस्रो खेल याकुम्बा गढी चुहानडाँडा र मितेरी युवा क्लब संक्रान्तिबजारबिच प्रतिस्पर्धा हुदा मितेरी युवा क्लब ३ एकको जित हात पार्दै क्वाटर फाइनल प्रवेश गरेको छ। मितेरीलाई जित दिलाउनको लागि रिपिन लिम्बु, टासी लामा र नवाङ्ग शेर्पाले समान एकएक गोल गरेका थिए भने याकुम्बाको लागि सक्षम लिम्बुले सान्त्वना गोल फर्काएका थिए।
बुधबार भएको तेस्रो खेलमा बुढानीलकण्ठ लिसिबुङ र खाम्लालुङ वडा न.२बिच प्रतिस्पर्धा भएको थिए जसमा लिसीबुङ तीन शून्यको सहज जित हात पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। लिसिबुङलाई जित दिलाउनको लागि समिर लिम्बु, अर्जुन लिम्बु र रोशन आचार्यले समान एक एक गोल गरे।
बुधबारको चौथो खेल भने खुल्ला महिला फुटबलतर्फ पहिलो क्वाटर फाइनल आठराई गाउँपालिका र फिदिम भेट्रान्सबिच हुदा जसमा फिदिम छ शुन्यको फराकिलो जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ। फिदिमलाई जित दिलाउनका लागि सिक्सम लिम्बुले ह्याट्रिक सहित चार गोल गरिन भने पबित्रा लिम्बु र स्मारिका लिम्बुले समान एक एक गोल गरेका हुन।
बुधबारको पाॅचौ खेल छातेढुङ्गा र लाफा एफ सी ईवाबिच हुदा छातेढुङ्गालाई टाईबेकरमा पाँच तिन गोल अन्तरले हराउदै लाफा एफ.सी सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएको थियो। छातेढुङ्गाको लागि ईजम लिम्बु र लाफाको लागि मनिस मगरले गोल गरेका थिए।
बिहिबार क्वाटर फाइनलका बाकी खेल हुने भएका छन।