घोघिदाहा भवानीपुर । महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा सम्पन्न ४४औं जनचेतना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भुम्का फुटबल क्लब, सुनसरीले जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा झुम्काले प्राग्रेसिभ युथ क्लब, सप्तरीलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने झुम्काले प्रोग्रेसिभमाथि ३–१ को जित निकाल्न सफल भयो ।
विजेता बनेको झुम्काले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता प्रोग्रेसिभले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । झुम्काका मणि लामा फाइनल खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक झुम्का कै सन्दिप राना चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार प्राग्रेसिभका योगेन कार्कीले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि प्रोग्रेसिभ कै शिशिर लेखी घोषित भए ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा