News झापा :चारपाने युनाइटेडले जित्यो ढुकुरपानी भेट्रानको उपाधि
गोलनेपाल

दमक । ढुकुरपानी युवा क्लब, दमक–३ द्वारा आयोजित भेट्रान फुटबल प्रतियोगिता–२०८२ को उपाधि चारपाने युनाइटेड भेट्रान झापाले हात पारेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा चारपाने युनाइटेडले सुन्दरहरैचा भेट्रान मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा १२ भेट्रान टिमले सहभागिता जनाएका थिए।

विजयी टिमका लागि सन्तोष राईले ह्याट्रिक गर्दै तीन गोल गरे भने शंकर श्रेष्ठले दुई गोल जोडे। सुन्दरहरैचाका लागि योगेन राईले एक मात्र सान्त्वना गोल फर्काए।

प्रतियोगिताको उपाधि विजेता चारपाने युनाइटेडले ट्रफी, मेडल र नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता सुन्दरहरैचाले ट्रफी, मेडलसहित नगद ३० हजार रुयैयाँ प्राप्त गर्यो ।

पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका चारपाने युनाइटेडका बिशाल राई प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी घोषीत भए ।

चारपानेका सन्तोष राईले फाइनल खेलको म्यान आफ दि म्चायको पुरस्कार हात पारे । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक चारपाने युनाइटेडका रुपक गुरुङ, बेष्ट डिफेन्डर चारपानेका सन्तोष बस्नेत, बेष्ट मिडफिल्डर सुन्दरहरैचाका नविन बराल घोषित भए ।

Post Comments