News हरीको निर्णायक गोलसँगै बिराटनगर सिटी सेमिफाइनलमा
गोलनेपाल

कर्जन्हा । बिराटनगर सिटी फुटबल क्लब, मोरङ यहाँ जारी चौथो कार्तिकेय कुमार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा बिराटनगरले सशस्त्र प्रहरी बल, महोत्तरीलाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । बिराटनगरको जितमा हरी खवासले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता खवास नै खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत कार्तिक २२ गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हर्दी युवा समाज, चितवन र बन्दीपुर युथ क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।

कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना र बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २६ गतेका दिन हुनेछ ।

 

Post Comments