
हेटौडा । बागमती युवा क्लब, सर्लाही मकवानपुरको व्यस्त शहर हेटौडामा जारी भिडोल विजय युथ हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सोझै बाई पाएर भिडेको बागमतीले दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको खेलको २४औं मिनेटमा विदेशी खेलाडी फोफोनाको गोलबाट बागमतीले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफतर्फको ३४औं मिनटमा बिमल घिसिङले गोल गर्दै बागमतीको जित पक्का गरे ।
खेलमा बागमतीले तेस्रो गोलका लागि अवसर पनि पाएको थियो । तर बागमतीका निरकुमार राईको प्रहारलाई दुधौलीका गोलरक्षक रेम्बो चौधरीले रोकेका थिए । सोमबारको खेलमा बागमतीका विदेशी खेलाडी फोफोना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।
सेमिफाइनल समिकरण पनि पूरा
सोमबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सोमबार जित हात पारेको बागमतीले सेमीफाइनलमा माघ २१ गतेका दिन आयोजक एफसी विजय यूथसंग खेल्नेछ । त्यस्तै माघ २० गते मंगलबारको पहिलो सेमिफाइनल खेल सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब, चितवन र हर्दी युवा समाज, राप्ती बीच हुने आयोजकले जनाएको छ ।
बिजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि माघ २३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा