News साफ पुरुष तथा महिला फुटसल च्याम्पियनसिपमा सबै टोलीको सहभागिता रहने
गोलनेपाल

काठमाडौं । पहिलोपटक आयोजना हुन गईरहेको साफ पुरुष तथा महिला फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोलीहरुको सहभागिता रहने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको आधिकारिक ड्र अनुसार प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ दक्षिण एसियाका सातै टोलीहरुले खेल्ने तय भएको हो ।

च्याम्पियनसिपमा सहभागि हुने पुरुष र महिलातर्फका सात टोलीहरुबीच राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिता पश्चात् शिर्ष टोली च्याम्पियन बन्नेछ ।

स्मरण रहोस, यसै वर्ष हुन गईरहेको साफ फुटसल च्याम्पियनसिप थाइल्याण्डमा हुनेछ । साथै प्रतियोगिता आउँदो पुष २९ देखि माघ १२ गते (जनवरी १३ देखि २६ तारीख, २०२६) सम्म हुनेछ ।

Post Comments