काठमाडौं । नेपालको लिग च्याम्पियनका रुपमा रहेको चर्च ब्वाईज युनाइटेडले भारतको सिक्किममा जारी ४१औं अल इण्डिया गभनर्स गोल्डकपमा आइतबार हार बेहोरेको छ ।
प्रतियोगितामा बाई पाएर सोझै क्वाटरफाइनल खेलेको चर्च ब्वाईजले भारतको आई लिग क्लब राजस्थान युनाइटेडसँग ३–१ को हार बेहोर्न पुगेको हो । जित हात पारेको राजस्थान भने सेमिफाइनलमा पुगेको छ ।
खेलमा शुरुवाती अग्रता भने चर्च ब्वाईजले नै लिएको थियो । खेलको छैटौं मिनटमा दिनेश हेन्जनको गोलबाट अग्रता लिएको चर्च ब्वाईजले त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुग्यो ।
खेलको २२औं मिनटमा राजस्तानका लागि विलियम पाउलिनखुमले बराबरी गोल फर्काए । त्यस्तै खेलको २८ र ७०औं मिनटमा नाओबा मेटीले दुई गोल गर्दै राजस्थानको जित पक्का गरे ।
चर्च ब्वाईजले टोलीमा रोहित चन्द, सुरज ठकुरी, समिर तामाङ, दिप कार्की, रोहन कार्की जस्ता खेलाडीहरुलाई सामेल गरेको थियो । यो हारसँगै गभनर्स गोल्डकपमा सहभागि नेपालको एक्लो टोली चर्च ब्वाइजको चुनौति पनि समाप्त भएको छ ।
Photo: Sikkim FA
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल