काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर तथा हाल अष्ट्रेलियामा रहेका दिनेश राजवंशीले भिक्टोरिया राज्यको सेमि प्रोफेशनल लिग भिक्टोरियन प्रिमियर लिग खेल्ने भएका छन् ।
दिनेशलाई भिक्टोरियन प्रिमियर लिगको दोस्रो डिभिजनमा प्रतिस्पर्धा गरिरहेको ह्विटलसी युनाइटेड सकर क्लबले अनुवन्ध गरेको हो । दिनेशको अनुवन्धबारे क्लबले पनि आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा जानकारी गराएको छ ।
दोस्रो डिभिजनको भिक्टोरियन प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने दिनेशको टोली लिगमा बढुवा हुन सके भिक्टोरियन प्रिमियर लिग कै पहिलो डिभिजन खेल्नेछ । दुई डिभिजनमा प्रतिस्पर्धा हुने भिक्टोरियन प्रिमियर लिगतर्फ पहिलो डिभिजनबाट बढुवा हुन सके क्लबले फुटबल भिक्टोरिया मातहत मै रहेको नेशनल प्रिमियर लिग खेल्नेछ ।
स्मरण रहोस, दिनेशले नेपालको युथदेखि सिनियर टोलीसम्म स्थान बनाएर निरन्तर खेलिरहेकी बेला एकाएक अष्ट्रेलिया पलायन भएका थिए । साथै उनले त्यसअघि त्यहाँ कम्युनिटी फुटबल समेत खेल्दै आएका थिए ।