News जनज्योति तेस्रो सिद्धार्थ कपको सेमिफाइनलमा
सुरज राना मगर

चपरहट्टी । जनज्योति क्लब, डिंगरनगर रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

शुक्रबार भएको दोस्रो क्वाटरफाइनलतर्फ जनज्योतिले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बन्न सफल भएको हो ।

तिलोत्तमा नगरपालिका–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको खेलमा जनज्योतिका लागि मिलन आले मगरले दुई गोल गर्दा थप एक गोल मनिष थारुले गरे । उता पराजित झरनाका लागि समिर थापाले एक मात्र गोल फर्काएका थिए ।

खेलमा दुई गोल गरेका जनज्योतिका मिलन आले मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १३ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल संघार समूह, भलुही र मोन्स्टर गाईज, सुनवल बीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।

सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।

 

 

Post Comments