News तेस्रो सिद्धार्थ कपः मोन्स्टर गाईज सेमिफाइनलमा
सुरज राना मगर

चपरहट्टी । संघर्षपुर्ण जितका साथ मोन्स्टर गाईज, सुनवल रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलमा मोन्स्टर गाईजले संघार समूह, भलुहीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ मोन्स्टरका लागि बिमल घर्ती मगर र कप्तान सबी गुरुङले गोल गरे भने उता संघारका लागि एलिस बोहरा र मन्जिल आलेले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने मोन्स्टर गाईज ५–४ ले विजयी बन्यो ।

खेलमा मोन्स्टर गाईज कै गोलकर्ता बिमल घर्ती मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १४ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल डिएस युनाइटेड, दिपनगर र न्यु सृजना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।

सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।

 

Post Comments