News जनज्योति तेस्रो सिद्धार्थ कपको फाइनलमा
सुरज राना मगर

चपरहट्टी । जनज्योति क्लब, डिंगरनगर रुपन्देहीको तिलोत्तमा–१, चपरहट्टीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा जनज्योतिले मोन्स्टर गाईज, सुनवललाई २–० को अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । जनज्योतिको जितमा निर बहादुर थापा र मिलन आलेले गोल गरे ।

खेलको म्यान अफ दि म्याच जनज्योति कै निर बहादुर थापा घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १६ गते पनि विश्राम दिइएको आयोजकले जनाएको छ । अब मंसिर १७ गते हुने दोस्रो सेमिफाइनलमा आयोजक सिद्धार्थ क्लब, चपरहट्टी र डिएस युनाइटेड, दिपनगर भिड्ने खेल संयोजक युवराज थापाले जानकारी दिए ।

सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।

 

Post Comments
Advertisement Yamaha Nepal