ताप्लेजुङको मैवाखोला गाउँपालिका–२, लेकुवा ढुङ्गेसाँघुस्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको मैदानमा जारी तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबलको दोस्रो क्वार्टरफाइनलमा लालिगुराँस स्पोर्टिङ युथ क्लब, सुरुमखिम प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
लालिगुराँसले मैवाखोला क्लबलाई ५–० को फराकिलो अन्तरमा स्तब्ध पार्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। टोलीका लागि दिपेश लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे भने जमिन लिम्बु र सुसन बस्नेतले एक–एक गोल थपे।
दिपेश लिम्बु उत्कृष्ट खेल प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले २,००० रुपैयाँ सहित ट्रफी प्राप्त गरे।
भोलि दुई क्वार्टरफाइनल
मंगलबार प्रतियोगितामा दुई क्वार्टरफाइनल खेल हुनेछन्।
-
दिउँसो १२ बजे: हाङथुम क्लब मादी (संखुवासभा) vs कुम्मायक स्पोर्टिङ (पाँचथर)
-
दिउँसो २ बजे: योङ बोईज धरान (सुनसरी) vs डिफेन्डिङ च्याम्पियन म्याङ्लुङ स्पोर्टिङ (तेह्रथुम)
प्रतियोगितामा ताप्लेजुङका चार र जिल्लाबाहिरका चार टोलीसहित कुल आठ टिमको सहभागिता छ। सबै टोलीका लागि यातायात व्यवस्थापन आयोजक लालीमा युवा क्लबले नै गर्नेछ।
पुरस्कार राशि
-
विजेता: रु १,६५,००० + ट्रफी + मेडल + प्रमाणपत्र
-
उपविजेता: रु ९०,००० + ट्रफी + मेडल + प्रमाणपत्र
व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई