काठमाडौं । करिब पाँच महिना अघि मात्रै बंगलादेशको शिर्ष फुटबल लिग खेल्ने विभागीय टोली बंगलादेश पुलिस क्लबमा आवद्ध भएका नेपाली टिमका गोलरक्षक किरण चेम्जोङ बंगलादेशी क्लबसँग अलग भएका छन् ।
किरणले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत बंगलादेश पुलिस क्लबसँग अलग भएको जानकारी गराएका हुन् । उनले क्लब र सबैलाई धन्यवाद दिंदै आफ्नो यो क्लबको व्यवसायीक यात्रामा साथ र सहयोग दिने सबैप्रति आभार समेत प्रकट गरेका छन् ।
बंगलादेश पुलिस हाल बंगलादेश प्रिमियर लिगको लिगतालिकामा ५ खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ । शिर्ष स्थानमा भने समान खेलबाट १३ अंक जोडेको बसुन्धरा किंग्स रहेको छ ।
त्यसो त यस सिजन बंगलादेशको शिर्ष लिग खेल्ने किरण एक्ला नेपाली खेलाडी भने होईनन् । राष्ट्रिय टोली कै आयुष घलान, एरिक बिष्ट, अभिषेक लिम्बु, सनिस श्रेष्ठ लगायतका खेलाडीहरु पनि बंगलादेशी लिग मै व्यस्त छन् ।
यता अब किरन बंगलादेश पुलिस क्लबबाट अलग भएपछि उनले कुन लिग वा कुन क्लबाट खेल्ने धेरैलाई कौतुहुलता पनि चलेको छ । कसैले अब हुने राष्ट्रिय लिगमा पनि किरनले खेल्न सक्ने अड्कल काटीरहेका छन् भने कसैले उनी अन्य विदेशी क्लबमा जान समेत बताईरहेका छन् ।