News
नेपालगञ्ज–११ र सिन्धुपाल्चोक एफसी सी डिभिजनका लागि छनौट
काठमाडौं । नेपालगञ्ज–११ स्पोर्टस क्लब र सिन्धुपाल्चोक फुटबल क्लब शहिद स्मारक सी डिभिजन लिग छनौटको फाइनलमा प्रवेश गरेका छन् । साथै फाइनल प्रवेश गरेसँगै दुवै टोली सी डिभिजन लिगका लागि छनौट समेत भएका छन् ।
शुक्रबार भएको दिनको पहिलो सेमिफाइनलमा नेपालगञ्जले मसुरिया फुटबल एकेडेमीलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।
त्यस्तै शुक्रबार नै भएको अर्को सेमिफाइनलमा सिन्धुपाल्चोकले शिवशक्ति युवा क्लबलाई ४–२ को अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्यो । अब मंसिर २८ गते आइतबार हुने फाइनलमा नेपालगञ्ज र सिन्धुपाल्चोक उपाधिका लागि भिड्नेछन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)