News
साबित्राको टोली वेलिङटनको हार
काठमाडौं । अष्ट्रिेलियाको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी सम्मिलित वेलिङटन फिनिक्स फुटबल क्लबले लिगमा शुक्रबार हार बेहोरेको छ ।
लिगतर्फ वेलिङटनले पर्थ ग्लोरीसँग उसकै घरेलु मैदानमा १–० को हार बेहोरेको हो । खेलको ७५औं मिनटमा सुसान फोनसोङखामले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।
खेल अवधिभर वेलिङटनले पाएको केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्नु दुर्भाग्यपुर्ण बन्यो । साबित्राले टोलीको पहिलो रोजाई मै रहेर खेले तापनि लिगमा आफ्नो गोलको खाता खोल्न असफल रहीन् ।
शुक्रबारको हारसँगै वेलिङटन ५ खेलबाट ५ अंकसहित नवौं स्थानमा छ । उता पर्थ ग्लोरी भने ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । वेलिङटनले आफ्नो आगामी खेल डिसेम्बर २० तारीखका दिन सिड्नी एफसीसँग खेल्नेछ ।
Post Comments