News
साबित्राको टोली वेलिङटनको हार
काठमाडौं । अष्ट्रिेलियाको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी सम्मिलित वेलिङटन फिनिक्स फुटबल क्लबले लिगमा शुक्रबार हार बेहोरेको छ ।
लिगतर्फ वेलिङटनले पर्थ ग्लोरीसँग उसकै घरेलु मैदानमा १–० को हार बेहोरेको हो । खेलको ७५औं मिनटमा सुसान फोनसोङखामले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।
खेल अवधिभर वेलिङटनले पाएको केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्नु दुर्भाग्यपुर्ण बन्यो । साबित्राले टोलीको पहिलो रोजाई मै रहेर खेले तापनि लिगमा आफ्नो गोलको खाता खोल्न असफल रहीन् ।
शुक्रबारको हारसँगै वेलिङटन ५ खेलबाट ५ अंकसहित नवौं स्थानमा छ । उता पर्थ ग्लोरी भने ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । वेलिङटनले आफ्नो आगामी खेल डिसेम्बर २० तारीखका दिन सिड्नी एफसीसँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने