News टिएसपी एफसी फाइनलमा प्रवेश
गोलनेपाल

हरिपुर । टिएसपी फुटबल क्लब, धनुषा यहाँ जारी प्रथम हरिपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलतर्फ टिएसपीले एभरेष्ट फुटबल एकेडेमीलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ एभरेष्टका लागि सन्देश खवासले गोल गरेका थिए भने टिएसपीका लागि युग लामाले बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने टिएसपी ५–४ ले विजयी बन्यो । खेलमा टिएसपीका गोलरक्षक आकाश श्रेष्ठ म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत मंसिर २८ गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक नव संघर्षशील युवा क्लब र बिरगंज युनाइटेड बीच हुने आयोजकले जानकारी दियो ।

नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।

Post Comments