कावासोती । सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा शनिबारदेखि प्रथम कावासोती गोल्डकपमा गण्डकी पुलिसले विजयी शुरुवात गरेको छ ।
कावासोती–१६, डण्डा स्थित आयोजक कै खेलमैदानमा भएको उद्घाटन खेलमा गण्डकी पुलिसले घरेलु टोली कावासोती ए लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
गण्डकी पुलिसको जितमा डोलाराम मर्दनिया र मान बहादुर बिष्टले गोल गरे । उता पराजित कावासोतीका लागि भने नबिन महतोले एक मात्र गोल फर्काएका थिए । खेलमा गण्डकी पुलिसका मान बहादुर बिष्ट म्यान अफ दि म्याच बने ।
यो जितसँगै गण्डकी पुलिस क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष ६ गते आइतबारको खेल जनशक्ति सामुदायिक विकास प्रतिष्ठान, नवलपरासी र भरतपुर एफसी, चितवन बीच हुने आयोजकले जानकारी दियो ।
यही पुष १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।