News सलहेशलाई भारतमा सफलता
गोलनेपाल

बक्सर । सलहेश युवा क्लब, सिरहा भारतको बिहार स्थित बक्सरमा जारी बाबु राजमोहन मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सलहेशले क्वाटरफाइनलतर्फ दुर्गापुर फुटबल क्लब, बङ्गाललाई १–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । सलहेशको जितमा अनिष महर्जनले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता महर्जन नै प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments