तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् ।
पहिलो खेल डिफेन्डिङ च्याम्पियन वडा नम्बर ६ र वडा नम्बर ५ बीच कडा प्रतिस्पर्धा हुँदा पेनाल्टी सुटआउटमा भाग्यमानी साबित बन्दै वडा नं ५ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। निर्धारित समय गोल रहित बराबरी अवस्थामा टुङ्गिए पश्चात खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो।
वडा नम्बर ५ का गोलरक्षक गोपाल नेपालीले दुईवटा प्रहार बचाउ गर्दै आफ्नो टिमलाई सेमिफाइनलको यात्रा तय गराएका हुन्। उनले उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु १,५०० साथै विभिन्न समाजसेवी व्यक्तित्वहरूबाट नगद रु १० हजार सहित एकमुष्ट रुपमा नगद रु. ११,५०० रुपैयाँ प्राप्त गरेका हुन। समग्रमा वडा नम्बर ६ वडा नम्बर ५ सँग ४-३ गोल नतिजामा पराजित भएको थियो।
दोस्रो खेल वडा नं ११ र १२ बीच प्रतिस्पर्धा हुँदा उक्त खेलमा सात एकको फराकिलो जित हात पार्दै वडा नम्बर १२ सेमिफाइनल प्रवेश गरेको छ। वडा नम्बर १२ लाई जित दिलाउनका लागि सुवास मगरले ह्याट्रिक सहित चार गोल गरेका हुन् भने करन बस्नेतले दुई तथा जुहेन मगरले एक गोलको योगदान दिएका हुन्। उता पराजित भएको वडा नम्बर ११ का लागि सन्जित मल्लले सान्त्वना गोल फर्काएका थिए। चार गोल गर्न सफल सुवास मगर उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु.१५०० सहित ट्रफी प्राप्त गरेका छन्।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिता अन्तर्गत वडा नं. ९ र ११ बीचको नतिजा उल्टियो