सिमराः जीतपुरसिमरास्थित शुभतारा इङ्लिस बोर्डिङ स्कुल र परवानीपुरको मोर्डन हाइ स्कुलले बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन्। शुभताराले सिनियरतर्फ र मोर्डनले जुनियरतर्फको उपाधि हात पारेका हुन्।
सिमरा रंगशालामा शुक्रबार सम्पन्न सिनियरतर्फको फाइनल खेलमा शुभताराले प्रोग्रेश एकेडेमीलाई ३–० ले पराजित गर्दै उपाधि जित्यो। शुभताराको जितमा प्रज्ञान पौडेलले दुई र त्रिसन खड्काले एक गोल गरे। फाइनल खेलका प्लेयर अफ दि म्याच शुभताराका राहुल चौधरी घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने प्रोग्रेश एकेडेमीका रोहन भारतीले हात पारे। तीन गोलसहित शुभताराकै प्रज्ञान पौडेल सर्वाधिक गोलकर्ता बने भने उत्कृष्ट गोलरक्षकको उपाधि सिजन तिवारीले प्राप्त गरे।
यस्तै, जुनियरतर्फको फाइनल खेलमा मोर्डन हाइ स्कुलले रोज एकेडेमीलाई १–० ले पराजित गर्दै उपाधि जित्यो। मोर्डनको जितमा सागर सहनीले निर्णायक गोल गरे र उनी प्लेयर अफ दि म्याच घोषित भए। जुनियरतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोज एकेडेमीका निगम लामा बने। दुई गोल गरेका रोज एकेडेमीकै रोजन स्याङ्बो सर्वाधिक गोलकर्ता घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि मोर्डनका मनिष यादवले पाए।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९प्याब्सन० का केन्द्रीय उपाध्यक्ष दीपक रेग्मी, मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, प्याब्सन बारा अध्यक्ष राजु कार्की लगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
नव जनजागृति युवा क्लबको प्राविधिक सहयोगमा प्याब्सन बारा द्वारा आयोजित प्रतियोगिता पुस ७ गतेदेखि सञ्चालन भएको थियो। प्रतियोगितामा सिनियरतर्फ ९ र जुनियरतर्फ ८ विद्यालयको सहभागिता रहेको थियो
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट