News
जोर्डनमा जम्दै प्रिती, इतिहादका लागि प्रितीको गोल
काठमाडौं । जोर्डनको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी अर्की चर्चित मिडफिल्डर प्रिती राईले जोर्डनको फुटबलमा आफ्नो उत्कृष्ट प्रदर्शन र प्रभावलाई कायम राखेकी छिन् ।
जोर्डन प्रो लिगतर्फ प्रितीको टोली इतिहादले फ्युचर नसामालाई ७–१ को अन्तरले हराउँदा एक गोल प्रितीको नाममा पनि रह्यो । प्रितीले उत्कृष्ट प्रदर्शन गर्दै ५७औं मिनटमा एक गोल गरेकी थिईन् ।
लिगमा हाल २३ अंक जोडेको प्रितीको टोली इतिहाद लिगतालिकाको शिर्ष स्थानमा कायम छ । इतिहादले आफ्नो आगामी खेल १० जनवरी शनिबारका दिन अल–इस्तिकलाल क्लबसँग खेल्ने कार्यक्रम रहेको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने