News सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने
गोलनेपाल

खाँदबारी । सेकाहा सामुदायिक विकास क्लब, संखुवासभा जारी तेस्रो तीनपोखरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलतर्फ सेकाहाले संखुवासभा कै अर्को टोली सितलपाटी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सेकाहा ५–४ ले विजयी बन्यो । खेलमा सेकाहाका गोलरक्षक प्रबिन लिम्बु म्यान अफ दि म्याच घोषित भए । सेकाले अब यही माघ १ गते हुने फाइनलमा मकालु फ्रेन्डस क्लब, खाँदारीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

तीनपोखरी समाज विकास क्लब, तीनपोखरी, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २१ हजार प्राप्त गर्नेछ ।

Post Comments