News
दशरथ रंगशालामा औपचारिक रुपमा राष्ट्रिय लिगको उद्घाटन, मच्छिन्द्रलाई सफलता
काठमाडौं । केही दिन अघि नै एन्फा कम्प्लेक्समा शुरु भईसकेको राष्ट्रिय लिग पुरुष फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार भएको छ ।
दशरथ रंगशालामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले रेफ्रीलाई बल दिंदै खेलको उद्घाटन गरेका थिए । सो अवसरमा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको पनि उपस्थिति रहेको थियो ।
त्यसपश्चात् भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एनआरटीलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गर्यो । खेलको ६२औं मिनटमा आलिक श्रेष्ठले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
लिगमा कुल १७ टोलीहरु सहभागि छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल १३६ खेलहरु हुनेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० लाख हात पार्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)