News
साफ महिला फुटसलतर्फ तेस्रो खेलमा निरीह बन्यो नेपाल
काठमाडौं । थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपतर्फ आफ्नो तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।
पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी र दोस्रो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको नेपालले शनिबार आफ्नो तेस्रो खेलमा भारतसँग ८–१ को हार बेहोरेको हो ।
यो हारसँगै उपाधि होडमा नेपाललाई धक्का लागेको छ । नेपालले आफ्नो आगामी खेल १९ जनवरीका दिन बंगलादेशससँग खेल्नेछ । उता शनिबार नै भएको अर्को खेलमा बंगलादेशले भुटानसँग ३–३ गोलको बराबरी खेलेको थियो । त्यस्तै शनिबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको थियो ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा दक्षिण एसियाका सातै देशका फुटसल टोलीहरु सहभागि छन् । लिगचरणको खेल पश्चात् प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल