बसही । सरावल गाउँपालिका वडा न. एक बसही रङ्गशाला नवलपरासीमा श्री बसन्त युथ क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण आठौ बसन्त कप सोमबारबाट सुरू भएको छ। गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी को प्रमुख आतिथ्यतामा भव्यताका साथ समुद्घाटन भएको प्रतियोगितामा हर्नाटार स्पोर्टिङ क्लब भारत र सुनवल फुटबल क्लब नवलपरासी प्रतिस्पर्धा गरेका छन।
उक्त खेलमा हर्नाटार भारतलाई 6 -0 गोल अन्तरले पराजित गर्दै सुनवल क्वाटरफाइनल प्रवेश गरेको छ। सुनवलको जितमा स्माईल गुरुङले ह्याट्रिक सहित चार गोल गर्दा एलिस मगर र निखिल थापाले समान एक एक गोल गरेका हुन। चार गोलको महत्वपूर्ण योगदान गरेका सुनवलका स्माईल गुरूङ म्यान अफ दी म्याच बन्दै नगद रु.एक हजार सहित ट्रफी प्राप्त गरेका छन।
मंगलबार श्री नव युवा क्लब बर्दघाट सुर्यनगर र आयोजक श्री बसन्त युथ क्लब दिनको ठिक दुई बजे प्रतिस्पर्धा गर्नेछन।
यस प्रतियोगिताको मुख्य प्रायोजक सरावल गाउँपालिका वडा न.एक रहेको छ भने, दोस्रो पुरस्कार प्रायोजक सरावल उद्योग वाणिज्य संघका बरिस्ट उपाध्यक्ष तथा युवा समाजसेवी बिरेन्द्र यादब रहनुभएको छ।