News हरैचा स्पोर्टस उपाधि नजिक
गोलनेपाल

रामधुनी । हरैचा स्पोर्टस क्लब, हरैचा, मोरङमा जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफायनलमा हरैचाले जुडी फुटबल क्लब (रातो), रामधुनीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा हरैचा स्पोर्टस ४–२ ले विजयी बन्यो । खेलमा हरैचाका पेरिस केसी म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ९ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल सुनसरीका दुई टोलीहरु शान्तिनगर फुटबल क्लब र धरान स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

Post Comments