छातेढुङ्गा । तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ५ छातेढुङ्गाको होडामा सम्पन्न माघे मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि जस्ट फ फन एफसी सक्रान्ति बजारले हात पारेको छ ।
सरस्वति आधारभुत विद्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा लुङछाता एफसी छातेढुंगालाई १-० गोलले पराजित गर्दै जस्ट फ फन एफ सी ले उपाधि जितेको हो ।
उपाधिसंगै जस्ट फ फनले नगद एक लाख सहित ३ वर्षे रनिङ ट्रफि प्राप्त ग्रयो भने उपविजेता लुङछाताले ६० हजीर सहित ट्रफिमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी जस्ट फ फनका अनुकेश शेर्मा घोषित हॅदै १२ हजार पॅाच सय प्राप्त गरे ।
प्रतियोगिताको विधागत उत्कृषिट तर्फ,वेष्ट गोल रक्षक जस्ट फ फन का विपिन फोम्बो,उत्कृष्ट डिफेन्डर लुङछाताका सन्दिप लिम्बु,हाइ स्कोरर जस्ट फ फनका जमिन लक्सम घोइित भए ।
त्यस्तै शुक्रबार नै सम्पन्न महिला तर्फको फाइनल खेलमा होडा नागेश्वरी युथ क्लब आयोजक ए ले आयोजक बि लाई २-० गोलले पराजित गर्दै आयोजक ए ले उपाधि चुमेको हो ।
उपाधि संगै आयोजक ए ले १५ हजार सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता आयोजक बी ले १० हजार सहित ट्रफिमा चित्त बुझायो ।