News लालबन्दी मेयर गोल्डकपमा न्यु त्रियुगाको विजयी शुरुवात
गोलनेपाल

लालबन्दी । शुक्रबारदेखि शुरु भएको प्रथम लालबन्दी मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्टस क्लब, सप्तरीले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा न्यु त्रियुगाले नेपाल खेलकुद क्लब, रौतहटलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो । न्यु त्रियुगाको जितमा सुनिल सिंहले दुई गोल गर्दा थप एक गोल अभिषेक चौधरीले गरे । खेलको म्यान अफ दि म्याच पनि न्यु त्रियुगाका दुई गोलकर्ता सुनिल सिंह चुनिए ।

यो जितसँगै न्यु त्रियुगा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ १७ गते शनिबारको खेल धनुषा–११, धनुषाधाम र रतनपुर युनाइटेड युथ क्लब, बाराबीच हुने आयोजकले जानकारी दियो ।

जितेश्वर युवा क्लब, लालबन्दी–१, नवलपुर, सर्लाहीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

 

Post Comments