News दोस्रो महुली गोल्डकप: इनरुवा एफसी सेमिफाइनलमा
गोलनेपाल

महुली । महुली फुटबल क्लब, महुली सप्तरीको आयोजनामा सञ्चालन भइरहेको दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत चौथो दिनमा प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भएको छ।

अन्तिम क्वाटरफाइनल खेलमा इनरुवा एफसी, सुनसरी ले फ्युजन एफसी, उदयपुर लाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

खेलको सुरुवाती पाँचौँ मिनेटमै फ्युजन एफसीका अभिषेक अधिकारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा फर्किएको इनरुवा एफसीका लागि पहिलो हाफको ३०औँ मिनेटमा युग लामाले बराबरी गोल गरेका थिए।

त्यसैगरी खेलको ३७औँ मिनेटमा सन्दीप लिम्बूले गोल गर्दै इनरुवा एफसीलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको ५६औँ मिनेटमा सुसिल राउतले निर्णायक गोल गर्दै इनरुवा एफसीलाई ३–१ को जित दिलाए र सेमिफाइनलको स्थान कब्जा गर्न सफल भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका इनरुवा एफसीका योहन्ना लिम्बू ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद रु १,५०० सहित ट्रफी प्राप्त गर्न सफल भए।

 
Post Comments