मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करण भव्य रूपमा सुरु हुन लागेको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनु भएको छ।
आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टल मा आयोजित विशेष समारोहबीच गोला प्रथामार्फत १६ टिमको खेलतालिका (टाइसिट) सार्वजनिक गरिएको हो। कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सहभागी टिमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
सो अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसिया का अध्यक्ष हेमप्रसाद भट्ट ले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। अध्यक्ष भट्टका अनुसार परिचयपत्र प्राप्त खेलाडीहरूले प्रतियोगिताको क्रममा हुन सक्ने दुर्घटनाका लागि नेपाली रुपैयाँ पाँच लाख बराबरको बीमा सुविधा प्राप्त गर्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले मलेसियन रिंगेट ४१ हजार ५ सय, उपविजेताले २१ हजार रिंगेट पुरस्कार पाउनेछन्। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई १ हजार रिंगेट प्रदान गरिनेछ।

- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने