काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र नाम्चे युथ क्लब जारी १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महेन्द्र ज्योतिले खुम्बु युनाइटेड क्लबलाई ५–४ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्को खेलमा नाम्चेले खुम्जुङ युथ क्लबलाई ४–२ गोलले हरायो । निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । फाइनल आइतबार हुनेछ । त्यसै दिन तेश्रो स्थानका लागि पनि खेल हुनेछ ।
नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि